२०८१ असार ९ शनिबार

मेचीनगरको धुलाबारीमा हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु

धुलाबारी, १८ असार । मेचीनगर-१० धुलाबारीमा जंगली हात्तीको आक्रमणमा एक वृद्धाको सोमबार बिहान मृत्यु भएको छ ।

एकाबिहानै महानन्द टोलस्थित छिमेकीको आँगनमा फुल टिप्न हिँडिरहेकी ८० वर्षीया पन्नादेवी साह बिहान ४ बजेतिर जंगली हात्तीको आक्रमणमा परेकी थिइन् ।

हात्तीले कुल्चेर उनको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष नारायण खनालले जानकारी दिए । ‘बजारतिर हात्ती पसेको खबर सुनेपछि गाउँलेहरुलाई सतर्क हुनु भनेर भन्दै थिएँ,’ वडाध्यक्ष खनालले भने-‘उनले (पन्नादेवी) फुल टिप्दै हुनुहुँदोरहेछ । हात्ती छेउमै आइसक्दा भाग्न सक्नु भएन ।’

धुलाबारी इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले घटनास्थलको मुचुल्का गरेका छ ।

२०८० असार १८, सोमबार प्रकाशित 1 Minute 159 Views

ताजा समाचार