२०८१ भाद्र २६ बुधबार

मेचीनगर युवा संघमा फेरि विवाद

मेचीनगर, असार १४ । मेचीनगर युवा संघमा आधिकारिकताको विषयमा फेरि विवाद उत्पन्न भएको छ । राष्ट्रिय युवा संघ झापा जिल्ला कमिटीको छैठौँ पूणर् बैठकले मेचीनगर संयोजकमा कृष्ण श्रेष्ठलाई जिम्मेवारी प्रदान गरेपछि मेचीनगरका युवाहरुले आपत्ती जनाएका छन् । युवा संघमा आबद्ध मेचीनगरका ५० युवाहरु प्रेस विज्ञप्ती निकाल्दै बैठकले गरेको निणर्य विरुद्ध उभिएका हुन् ।

युवा संघ मेचीनगरमा आवद्ध सुमन थापा, सञ्जय मेचे, रबिन्सन थापामगर, रविन ओझा, मानबहादुर तामाङ, विवेक खवास, सञ्जय तामाङ लगायत ५० जनाले उक्त निणर्यको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । उक्त युवाहरुको समुहले २०७८ कात्तिक २८ गते सम्पन्न युवा संघ मेचीनगर कमिटीको सम्मेलनबाट मानबहादुर तामाङको अध्यक्षतामा ८१ सदस्यीय कमिटी गठन भएको स्मरण पनि गराएको छ ।

तर, पार्टी संगठन विरोधी समुहले खुलेआम संगठनको निणर्य विरुद्ध समानान्तर कमिटी घोषणा गरेर विवादमा ल्याउने काम गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा मेचीनगरका युवालाई विवादित बनाउने हर्कत भएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न र बन्द नभए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी पनि दिइएको छ । मेचीनगर युवा संघमा यसअघि पनि आधिकारिकताका विषयमा विवाद हुँदा समानान्तर कमिटी बनाइएको थियो ।

२०८० असार १४, बिहीबार प्रकाशित 0 Minutes 730 Views

ताजा समाचार