झापा । दोहोरो नागरिकता बनाएको आरोपमा एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेको भारतीय प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले उनलाई पश्चिम बंगालको दार्जिलिङ जिल्लाको डीआईबी कार्यालय नक्सलबाड़ीबाट पक्राउ गरेको हो । काँकडभिट्टा -पानीटंकी नाका हुँदै खडका भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका थिए ।

खड्कामाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा उनले नेहाल राउतिया नामबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात बनाएका फेला पारियो । साथै उनको नामको नेपाली नागरिकता र पासपोर्ट समेत फेला परेको थियो । दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि सिलगुडी अदालत पेस गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



