झापा गाउँपालिका -२ मा संचालित वन्डरलाईफ एकाडेमीको स्कुल बस पल्टिदा दुई विद्यार्थी घाइते भएका छन् ।
विद्यालय छुट्टी भएर विद्यार्थीहरुलाई घर पुर्याउने बेलामा गाउँपालिका- ५ स्थित कनकाई चौकमा प्रदेश १–०१–००१क१०९७ नम्बरको बस पल्टिएको हो । घाईते हुनेहरुमा कक्षा ६ मा पढ्ने अब्जाल हुसैन र कक्षा ४ मा पढ्ने महमद सोनाङ रहेका छन् ।
महमद सोनाङलाई बिर्ता सिटी हस्पिटलमा पठाइएको छ भने अब्जाल हुसैनलाई सुरुङ्गाको समर अस्पतालमा उपचार गर्न पठाएको ईलाका प्रहरी कार्यालय कुमरखोदका सई कुलबहादुर मगरले बताए । बस चालकलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
२०८० असार १२, मंगलवार प्रकाशित
1 Minute
234 Views