
भद्रपुर । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेशनाथ बास्तोलाले मङ्गलवार दिउँसो भद्रपुर सीमा नाकाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, विपद् व्यवस्थापन गुल्म भद्रपुरको निरीक्षण भ्रमण गर्न आएका डीआइजी बास्तोलाले गुल्मका प्रहरी कर्मचारीलाई मनसुन सुरु भइसकेकोले उद्धार कार्य खटिन श्रोत साधनसहित तयारी रहन निर्देशन दिए पश्चात् भद्रपुर सीमा नाकाको स्थलगत अनुगमन तथा निरीक्षण समेत गरेका थिए ।

डीआइजी बास्तोलालाई वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकीले सीमा नाकाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । अनुगमन पश्चात् डीआइजी बास्तोलाले सीमा नाकामा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनुका साथै चोरी तस्करी नियन्त्रणमा लाग्न निर्देशन समेत दिएका थिए ।
सीमा अनुगमन पश्चात् डीआइजी बास्तोला र प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले वडा प्रहरी कार्यालय भद्रपुरको निरीक्षण गरेको जनाइएको छ ।