२०८१ असार ३१ सोमबार

झापाको मंगलश्री क्रसर उद्योगमा टिपरले थिचेर एक मजदुरको मृत्यु

अर्जुनधारा । अर्जुनधारा–७ स्थित मंगलश्री क्रसर उद्योगमा एक मजदुरको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङ घर भएका अन्दाजी २३ वर्षीय अर्जुन भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मिलन बस्नेतले सञ्चालन गरेको क्रसर उद्योगमा सोमबार दिउँसो मिक्स गिट्टी लोड गर्ने क्रममा टिपर पल्टिदा थिचिएर मजदुर भट्टराईको घटनास्थलमै मृत्यु भएको हो ।

‘क्रसर मेसिनबाट टिपरमा मिक्स गिट्टी लोड हुँदै थियो, माथिबाट टिपर पल्टियो, टिपरसहितको गिट्टी मजदुरमाथि पोखियो,’ घटनास्थल पुगेका एक प्रहरीले भने ।  यता इलाका प्रहरी कार्यालय अनारमनिको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।

२०८० असार ११, सोमबार प्रकाशित 0 Minutes 267 Views

ताजा समाचार