२०८१ मंसिर २५ मंगलवार

स्थापना दिवसको अवसरमा काँकरभिट्टामा रक्तदान

काँकरभिट्टा । मेचीनगर ६ काँकरभिट्टामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर नगर कमिटीले आफ्नो ४४औँ स्थापना दिवसको अवसरमा लक्ष्मी नारायण मन्दिर परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

संगठनका अध्यक्ष राजकुमार सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका नगरप्रमुख गोपाल बुढाथोकीले जीवन-मरणका चरणमा रगत अपरिहार्य मानिने बताए ।

मृत्युको मुखबाट धेरैलाई फर्काउने मनकारी रक्तदाता विश्वभरि धेरै महामारी, ठूलाृे बिपत्ति र एकैचोटि धेरै बिरामी हुने परिस्थितिमा यसको जगेडा असन्तुलित हुन पुग्ने देशमा कहिले त्यस्तै, खाले समस्या देखापर्ने गरेको उनको भनाई छ । रगतको मुल्य नहुने र सबैभन्दा ठूलो दान नै रक्तदान भएको आफुले दान गरेको रगतबाट कसैको जीवन बच्छ भने त्यो भन्दा ठूलो दान अरु केही नहुने उनले बताए ।

रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले आफ्नो स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।

संकलित रगत नेपाल रेडक्रस सोसाईटिलाई हस्तान्तरण गरिएको छ । रगत अभावमा कसैले पनि अकालमै मृत्युवरण गर्नु नपरोस र जिल्लाका रक्त बैंकहरुमा रगतको अभाव नहोस भन्ने उद्घेश्यले सामाजिक जिम्मेवारी वहनका लागि पनि रचनात्मक रक्तदान कार्यक्रम आयोजना गरिएको बताए । नेपाल रेडक्रस सोसाइटि भद्रपुर शाखाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा २० जनाले रक्तदान गरेको संगठनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा, अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा, सशस्त्र प्रहरी बल वीओपी काँकरभिट्टाका सुरक्षाकर्मी, सञ्चारकर्मी, मजदुरसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।

संगठनका केन्द्रिय सदस्य खडान्द भण्डारी, ईलाका प्रहरी कार्यालय काँकरभिट्टका डिएसपी दिपक भारतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रम सञ्चालन सचिव दावा तामाङले गरेका थिए ।

२०८० असार ९, शनिबार प्रकाशित 1 Minute 388 Views

ताजा समाचार