२०८१ माघ २६ शनिबार

चरेस बाेकेर दुबई जान लागेका भद्रपुरका लिम्बू पक्राउ

एयर इन्डियाको विमानबाट कोलकत्ता हुँदै दुबई जान लागेका एक जना साढे ५ किलो लागुऔषध चरेससहित पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले झापा भद्रपुरका २५ वर्षीय सुमन लिम्बुलाई पक्राउ गरेको हो । चेकजाँचका क्रममा प्रहरीले बिहीबार अपरान्ह लिम्बुलाई पक्राउ गरेको हो ।
उनी १०८९३५४१ नम्बरको राहदानीबाट दुबई जान लागेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०८० असार ७, बिहीबार प्रकाशित 0 Minutes 370 Views

ताजा समाचार