२०८३ असार १७ बुधबार

पुर्व सांसद मैनालीलाई अभद्र व्यवहार गर्ने ओलीमाथी यातायात व्यवसायीद्वारा बिज्ञप्ती जारी

काँकरभिट्टा । पुर्व सांसद श्रीप्रसाद मैनालीमाथि भुपाल ओलीले हातपात गरी दुर्व्यवहार गरेको भन्दै त्यस कार्यकोविरूद्धमा यातायात व्यवसायी संस्थाहरूले विज्ञप्ती निकालेका छन् ।

बिहिवार द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा अतिथिका रूपमा सहभागी हुन काँकरभिट्टा खानेपानीको सभाहलमा पुग्ने क्रममा भुपाल ओलीले हातपात गरि दुर्व्यवहार गरेका थिए ।

यातायात क्षेत्रको अभिभावकका रूपमा रहेका पुर्व सांसद मैनालीमाथि सार्वजनिक स्थलमा आक्रमण शैलीमा हातपात गर्नु गलत भएको भन्दै पुर्व मेची बस व्यवसायी प्रालिले बिज्ञप्ती निकालेको छ । पुर्व मेची बस व्यवसायी प्रालिको संस्थापक अध्यक्ष समेत रहेका मैनालीमाथि भएको घटना निन्दनीय रहेको भन्दै बिज्ञप्ती निकालेको छ ।

त्यस्तै, सोही घटनाको बिषयमा ओलीको विरूद्धमा महेन्द्र राजमार्ग यातायात कर्मचारी कल्याणकारी कोष, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघले संयुक्तरूपमा बिज्ञप्ती निकालेका छन् ।

२०८० असार ७, बिहीबार प्रकाशित 0 Minutes 515 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।