२०८३ असार १७ बुधबार

बसको टिकट काउन्टर नदिएको भन्दै पुर्व प्रदेश सांसद मैनालीमाथि हातपात गरि ओली फरार

कार्यक्रममा अतिथिका रूपमा गएका एमाले नेता तथा पुर्व प्रदेश सांसद मैनालीलाई ओलीले आक्रमण शैलीमा हातपात गरेको प्रत्यक्षदर्शी बताउँछन् ।

ओलीले पाँच बर्ष अघि बसको टिकट काउन्टर नदिएको भन्दै मैनाली माथि हातपात गरेको बुझिएको छ । तर, त्यस समय ओली कुनै यातायात व्यवसायी संघमा आबद्ध नभएका कारण टिकट काउन्टर नपाएकाे हुन् ।

दुर्व्यवहार भए लगत्तै मैनालीले प्रहरीलाई जानकारी गराएका थिए । अहिले ओली भने फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेकाे जनाएको छ ।

यता एमालेले पनि ओलीको कार्यशैली गलत भएको भन्दै बिहिबार बिहान पार्टीको आकस्मिक बैठक बसी कार्वाही प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

२०८० असार ६, बुधबार प्रकाशित 1 Minute 1050 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।