२०८१ बैशाख ८ शनिबार

प्रशिक्षक मोन्टी देशाइ दक्षिण अफ्रिका प्रस्थान

२५ जेठ,काठमाडौं । नेपाली टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाइ आज बिहान ४ बजे दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।

भिजा समस्याका कारण उनी दक्षिण अफ्रिका जान ढिला भएको हो । मोन्टी एसिसी पि्रमियर कपमा नेपाल च्याम्पियन बनेपछि बिदामा अमेरिका गएका थिए ।

अमेरिकाबाट दक्षिण अफ्रिकाका लागि भिजाको प्रक्रिया गर्दा उनको भिजा अस्वीकृत भएपछि उनले भारत आएर पुनः भिजाको प्रक्रिया गरेका थिए ।

उनको भिजा बुधबार साँझ आएको नेपाल क्रिकेट संघका कार्यकारी सचिव दुर्गाराज पाठकले अनलाइनखबरलाई जानकारी दिए । ‘बुधबार साँझ मोन्टीको भिसा आएको थियो । बिहीबार बिहान ४ बजेनै दक्षिण अफ्रिकातर्फ प्रस्थान गरेका छन् । आज साँझसम्म त्यहाँ पुग्नेछन्’, क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने ।

नेपाल र स्कटल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो १२ : ४५ मा सुरु हुनेछ । दक्षिण अफ्रिकामा नेपालले शनिबार नेदरल्यान्ड्ससँग दोस्रो अभ्यास खेल खेल्नेछ । त्यसपछि, नेपाल आइतबार जिम्बावे प्रस्थान गर्ने तालिका रहेको छ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा यूएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ ।

प्रतियोगिता १८ जुन देखि ९ जुलाइसम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् ।

समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्नेछ ।

२०८० जेष्ठ २५, बिहीबार प्रकाशित 0 Minutes 157 Views

ताजा समाचार