२०८१ बैशाख ७ शुक्रबार

मौसमविद् भन्छन्– चिसो बढ्ने क्रममा छ, एक महिनासम्म यस्तै जाडो रहनेछ

काठमाडौं । केही दिन यता लगातार चिसो बढ्ने क्रममा छ । आज बिहान पौने ६ बजेको काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । मौसमविद् बरुण पौडेलले बिहान पौने ६ बजे काठमाडौंको न्यनूतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको जानकारी दिए ।

उनका अनुसार आज काठमाडौंमा बदली हुनेछ । बादल लाग्ने र घाम लाग्ने क्रम चलिरहनेछ । यद्यपि, दिउँसो बिहानको तुलनामा केही खुल्नेछ ।

“बदली भए पनि पानी भने पर्दैन । अझै केही दिन पानी पर्ने सम्भावना छैन । अहिलेको मौसम जस्तो छ त्यस्तै रहनेछ । तर, चिसो भने बढ्दै जानेछ,” उनले भने ।

अबको एक महिनासम्म चिसो बढ्ने उनको भनाइ छ । “अझै तापक्रम घट्दै जानेछ । यो क्रम अझै एक महिनासम्म रहनेछ,” मौसमविद् पौडेलले भने । तराईमा हस्सु, पहाडमा कुहिरो र हिमाली क्षेत्रमा हिमपात हुने भएकाले चिसो बढ्नेछ ।

“राति आकाश खुल्यो भने बिहान तापक्रम घट्छ, जसका कारण चिसो बढ्छ । दिउँसो बादल लाग्दा दिउँसो पनि चिसो हुन्छ,” पौडेल भन्छन्, “त्यसैले अबको एक महिना जाडो हुन्छ ।”

२०७९ पुष १४, बिहीबार प्रकाशित 0 Minutes 296 Views

ताजा समाचार