२०८१ बैशाख १४ शुक्रबार

कविता : एउटा नगरको कथा

कविता
उ, अरुका लागि नियम र कानुनका दफा केलाउँछ
हर्जना र जरिवाना असुल्न माहिर छ
यो मिलेन र त्यो मिलेन भन्ने विषयमा त पिएचडि नै गरेको छ
चाकडी र चाप्लुसीमा गद्गद् हुन्छ अरे भन्ने सुनिन्छ
तर, आफै बक्यौताको भुक्तानीमा झमेला झिक्छ अनि आफै काकाकुल बन्छ
एउटा नगरको कथा
उ सँग खोलाछन्, ढुङ्गा र मकैछन्
बेहोस जस्तै बनेको भ्युटावर छ तर पानीको धारा छैन
कथा उसँग धेरैछन्
एउटा समयको चुङ्गीदेखि वर्तमानको काटिएको धारा सम्मका कथा
बीचबीचमा खोला, मकै, किर्ते रसिद अरु केके छन् केके
विवाद र बहसमा निक्कै नाम चलेको छ उसको
काखा र पाखा गर्न खप्पिस छ भन्छन्
एउटा नगरको कथा
गाउँको मुखिया आफै के भने जस्तो
नियम बनाउँछ, अर्ति दिन्छ
तर, आफै पालना गर्दैन
एउटा नगरको कथा
काम भन्दा कुरा र धेरै गर्छ
कथा त्यही नगरको
जहाँ शहर बसाउने र बनाउने जादुमय योजनाका गफ हुन्छन्
नगर र नहर बनाउने र नागरिक हसाउँने किस्साको लहर हुन्छ
तर, आफै पानीको अनिकालमा छट्पटाई रहेको हुन्छ
कथा त्यही नगरको जहाँ जे हुने भन्दा पनि नहुने हुन्छ

२०८० जेष्ठ १४, आईतवार प्रकाशित 0 Minutes 222 Views

ताजा समाचार