२०८१ बैशाख १३ बिहीबार

ब्लडप्रेसरकाे समस्या छ ? नियन्त्रण गर्न के खाने, के नखाने ?

सामान्य अवस्थामा के हुन्छ ?

शरीरमा रगतको सञ्चार हुने समयमा रक्तनलीको भित्तामा पर्ने दबाब नै रक्तचाप (ब्लडप्रेसर) हो । शरीर सञ्चालनका लागि महत्त्वपूर्ण अंग मस्तिष्क, मिर्गौला, मुटुलगायत पूरै शरीर सक्रिय रहन रक्तचाप उचित अवस्थाअनुसार उचित रेन्जमा हुनुपर्छ । सामान्य अवस्थामा रक्तचाप १२०/८० हुनुपर्छ ।

माथिको  १०० देखि  १४० सम्म र तलको ६० देखि ९० को रेन्जलाई पनि सामान्य मानिन्छ । माथि १२० देखि १४० र  तल ८० देखि ९० को बीचमा गयो भने बोर्डर लाइन भनिन्छ । माथि १४० कट्यो भने हाई र तल ६० मा झर्‍यो भने लो भएको बुझिन्छ ।

तर, रक्तचाप व्यक्तिअनुसार फरक हुन्छ । सबैको एकै किसिमको रक्तचाप हुँदैन । शरीरको आवश्यकताअनुसार हर्मोन सिस्टमले रक्तचाप बढाउने र घटाउने काम गर्छ ।

कस्तो बेला बढी र कम हुन्छ ?

ब्लडप्रेसर सुतेको बेला कम हुन्छ । सुतेको समयमा रक्तचाप ९०/६०, ८०/५०  पनि हुन सक्छ । किनकि सुतेको समयमा हामीलाई अक्सिजन धेरै चाहिँदैन । मुटुले पनि आराम गरेको हुन्छ । यो राम्रो कुरा हो । हाई प्रेसरमा काम गर्‍यो भने मुटु छिटो ड्यामेज हुन्छ । त्यसैले प्रेसर लो भएको राम्रो मानिन्छ । हात खुट्टाले परिश्रम गरेको छैन भने थोरै प्रेसरले पनि काम गर्छ ।

जब मानिसले परिश्रम गरेको हुन्छ । जस्तै: दौडदा, एक्सरसाइज गर्दा हातखुट्टा बढी चलाएको छ भने प्रेसर पनि बढी चाहिने हुन्छ । यस्तो समयमा शरीरको प्रेसर पनि बढी हुन्छ । सामान्य व्यक्तिको पनि सुतेको समयमा भन्दा उठेको बेला प्रेसर बढी हुनेगर्छ । बोल्दा, काम गर्दा, आत्तिँदा, झगडा गर्दा ब्लडप्रेसर बढ्छ ।

बिरामीले कुन अवस्थामा प्रेसर नापेको छ,  त्यसमा भर पर्छ । मानौँ, सुतेको समयमा प्रेसर नाप्यो भने १००/६० हुन सक्छ । त्यो बेला प्रेसर कम भयो भनेर मानिस आत्तिने गर्छन् ।

तर, यस्तो समयमा साँच्चिकै प्रेसर लो भएको होइन । शरीरले नै लो मागेको त्यति हो । चिया, कफी खाएको समयमा वा हिँडेको बेला प्रेसर नाप्यो भने बढी देखिन्छ । यो समयमा पनि प्रेसर किन बढी भयो भनेर मानिस आत्तिने गरेको पाइन्छ । प्रेसर बढ्नु र घट्नु सामान्य हो वा असामान्य हो, त्यो छुट्याउनुपर्छ । प्राकृतिक कारणले पनि प्रेसर लो र हाई हुन्छ । यो सामान्य प्रक्रिया हो ।

प्रेसर सामान्य वा असामान्य भन्ने कसरी थाहा पाउने ?

प्रेसर उमेरसँगै बढ्दै जाने हो । गर्मी र बर्खा मौसममा भन्दा बढी जाडाे महिनामा बढ्न सक्छ । ज्वरो आयो, झाडापखाला लाग्यो भने पनि ब्लडप्रेसर घट्छ । यसलाई असामान्य मानिन्छ । शरीरमा नराम्रो कारणले प्रेसर बढेको हुन सक्छ । औषधि नपुगेको हुन सक्छ । तर, मानिसहरूले सामान्यलाई पनि असामान्य भनेर चिन्ता गर्ने र  असामान्यलाई पनि सामान्य ठानेर औषधिको प्रयोग नगर्ने गरेको पाइन्छ । प्रेसर बढेमा मस्तिष्काघात, मिर्गौला फेल, आँखा र ठूला रक्तनलीहरूमा समस्या हुन्छ ।

तर आफ्नो जीवनशैलीमा ध्यान दिने हो भने प्रेसरलाई नियन्त्रण गर्न सकिन्छ । धुम्रपान र मध्यपान नगर्ने, नियमित व्यायाम गर्ने, तनाव नलिने हो भने बढेको प्रेसरलाई घटाउन सकिन्छ । जीवनशैलीलाई परिवर्तन गर्ने हो भने नियमित औषधि सेवन गर्नैपर्छ भन्ने हुँदैन । चिकित्सकको सल्लाहअनुसर औषधि कम गर्न र छुटाउन पनि सकिन्छ ।

ब्लड प्रेसर बढेकाे लक्षण के हुन्छ ?

प्रेसर बढी र कम भएको परीक्षण नगरी थाहा हुँदैन । तर, लो भएमा शरीर कमजोर हुने, थाक्ने, रिंगटा लाग्नेजस्ता समस्या देखिन्छ । ब्लडप्रेसर हाई हुँदा टाउको दुख्ने, शरीर भारी हुने, छातीमा असहज हुनेलगायत समस्या देखिन्छ । ब्लडप्रेसर लो भयो भनेर डराउनु पर्दैन । तर, लामो समयसम्म लो भएमा भने एकपटक चिकित्सकलाई मुटु देखाउनुपर्ने हुन्छ ।

ब्लडप्रेसर नियन्त्रण गर्न के खाने, के नखाने ?

उमेरसँगै ब्लडप्रेसर बढी हुने हो तर पछिल्लो समय युवापुस्तामा पनि ब्लडप्रेसरको समस्या धेरै देखिन थालेको छ । २० देखि ४० वर्षसम्मका ब्लडप्रेसरका बिरामी पनि उपचारका लागि आउन थालेका छन् । प्रेसर कम भएको समयमा झोलिलो खानेकुरा र फलफूल खानुपर्छ । यदि बढी भएमा नुनिले खानेकुरा कम खानुपर्छ । घरबाहिरको रेडिमेट खानेकुरा कम खाने, रेसेदार खानेकुरा बढी खाने गर्नुपर्छ । शिलापत्र

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 0 Minutes 163 Views

ताजा समाचार