![](https://janasamsad.com/wp-content/uploads/2022/12/1672126928_46550.jpg)
इलाम । इलामको रोङ गाउँपालिकाले भोलि (बुधवार) स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकामा लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात् नामवन पर्वको अवसरमा गाउँपालिकाले भोलि स्थानीय बिदा दिने निर्णय गरेको हो ।
गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरू आकस्मिक सेवा बाहेक बिदा रहने प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जारी गरेको सूचनामा उल्लेख छ । लेप्चा समुदायले नयाँ वर्ष अर्थात् नामवन पर्वको उपलक्ष्यमा हरेक वर्ष रोङले बिदा दिँदै आएको छ ।
![](https://janasamsad.com/wp-content/uploads/2023/06/लो-वि-श्रावण-२०७९-page-016.jpg)
रोङमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसङ्ख्या ३ हजार ४ ४५ छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय चाहिँ बसाइँ नै सरेर अन्य जिल्लासम्म पनि गइरहेका छन्।