२०८१ बैशाख १२ बुधबार

काँकरभिट्टामा बंगलादेश प्रस्थान हुने कराते खेलाडीहरूलाई बिदाइ

काँकरभिट्टा । काँकरभिट्टामा नेपाली राष्ट्रिय कराते खेलाडीहरूलाई बिदाइ गरिएको छ ।  बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागिताका लागि प्रस्थान हुने खेलाडीहरूलाई सोमबार एक संक्षिप्त कार्यक्रमका गरी बिदाइ गरिएको हो ।

बंगलादेशमा यही डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीसहित विभिन्न सङ्घसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले बिदाइ गरेका हुन् ।

सो प्रतियोगिताका सहभागिता जनाउनेहरू टिम कोच विनोद शाक्य, रेफ्री बमबहादुर श्रेष्ठ, टिम मेनेजर अबिसा शाक्य कुबेरमान राई र बाबुराम श्रेष्ठ अफिसियलसहित खेलाडीहरू प्रमोद राई, अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य, विकास केसी, नुदेन साम्पाङ राई, आशिष् राई, कर्मा लामा, कार्साङ्ग तामाङ, नवीन पुन मगर, प्रकाश ओली, विवेक गुरुङ र दीपक खड्का रहेका छन् ।

२०७९ पुष ११, सोमबार प्रकाशित 0 Minutes 295 Views

ताजा समाचार