२०८१ बैशाख १४ शुक्रबार

ढाकाको शपिङ सेन्टरमा आगलागी, हजारौं पसल खरानी

ढाका : बंगलादेशको राजधानी ढाकाको एक सपिङ सेन्टरमा शनिबार बिहान भएको भीषण आगलागीमा हजारौं पसल जलेर नष्ट भएका छन्।

न्यूज पोर्टल bdnews24.com ले न्यूमार्केट प्रहरी चौकी प्रमुख शफिकुल गनी साबुलाई उद्धृत गर्दै भनेको छ‚ ‘न्यूमार्केट र ढाका कलेजको बीचमा रहेको सपिङ सेन्टर ‘न्यू सुपरमार्केट’ को दोस्रो तलामा बिहान करिब पौने ६ बजे आगलागी भएको थियो। यो अन्य तलामा निकै छिटो फैलियो।’

आगो निभाउन सेना, नौसेना र वायुसेनाको टोलीले सहयोग गरिरहेको उनले बताए।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगो नियन्त्रणका लागि ‘बोर्डर गार्ड बंगलादेश’ को १२ प्लाटुन पनि घटनास्थलमा तैनाथ गरिएको छ। २८ वटा दमकलले आगो निभाइरहेका छन्।

आगलागीको कारण खुल्न नसकेको र हालसम्म कुनै मानवीय क्षति नभएको दमकलका सहायक उपनिर्देशक शाहजहान सिकदारले बताए।

ग्यास सिलिन्डर पड्केर, खराब वातानुकूलित र खराब विद्युतीय तारका कारण भवनमा आगलागी र विस्फोट भई बंगलादेशमा निकै आगलागी हुन्छ। गत महिना मध्य ढाकाको एक बजारमा भएको विस्फोटमा कम्तीमा २३ जनाको मृत्यु भएको थियो। ग्यास लाइनमा भएको गडबडीले उक्त विस्फोट भएको थियो।

२०८० बैशाख २, शनिबार प्रकाशित 1 Minute 215 Views

ताजा समाचार