२०८१ बैशाख १३ बिहीबार

“दशगजा खाली गराउँदै” : संयुक्त सीमा सुरक्षा टोली

झापा । पूर्वी नेपालको सीमावर्ती मेचीमा नेपाल-भारतका सीमा स्तम्भ तथा दशगजा क्षेत्रको संयुक्त सीमा सुरक्षा टोलीले निरिक्षण गरेको छ ।

अन्तराष्ट्रिय कानुन अनुसार दुई देशको सीमा दशगजा क्षेत्रलाई नोमेन्स लेन्ड भनिन्छ जहाँ खाली राख्ने नियम छ । उक्त क्षेत्रमा रहेका सीमा पिलर तथा दशगजा क्षेत्रको निरीक्षण भारतीय सीमा सुरक्षा बल एस.एस.बी. र नेपालको तर्फबाट सशस्त्र प्रहरी बल बिओपी सतिघट्टा भापाले निरीक्षण गरेको छ ।

संयुक्त निरीक्षणमा भारतकोतर्फबाट कमाण्डर सुरेन्द्र सिंह र नेपालको तर्फबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानेन्द्र राउतले गरेका छन् । टोलीले दशगजा क्षेत्रमा बसोबास तथा बाली लगाउने स्थानियसँग समन्वय गरेर उक्त क्षेत्रको व्यवस्थापन गरेको एक अधिकृतले बताए । संयुक्त टोलीले नेपाल-भारतको सीमा स्तम्भबाट दुवैतर्फ दश-दश गजा क्षेत्र खाली गराएको छ ।

झापासँग सीमा जोडिएको पश्चिम बंगाल राज्यमा करिब १ सय ४२ किलोमिटर सीमा क्षेत्र दुवै देशका सीमा सुरक्षाकर्मीको संयुक्त टोलीले समन्वय गरेर काम गर्ने भारतीय सुरक्षा अधिकारीले जानकारी गराए ।

यो समयमा सीमा क्षेत्रमा किशानले धानलगायतका नगदे बाली उठाएकोले खाली गर्न सजिलो भएको हो । बाली लगाएको समय खाली गर्दा किशानले क्षती बेर्होनु पर्ने हुन्छ । दशगजा क्षेत्रमा दुवै देशका नागरिकले बाली तथा अन्य कामका लागि समेत जग्गा प्रयोग गर्दै आएका छन् ।

संयुक्त टोलीले खाली गर्न लगाएपछि त्यहाँ स्थानियले सहयोग गरेका छन् । स्थानिय काली बहादुर रेग्मीले भने- दशगजा खाली गर्दा खासै हामीलाई समस्या छैन् । सुरक्षा हिसाबले पनि हामीलाई फाइदै छ, समयसमयमा दुवै देशका सुरक्षाकर्मीको गस्तिले गर्दा हाम्रो मात्र होइन, धनमालकोसमेत सुरक्षा भएको छ ।

त्यसैगरी, अर्का स्थानिय किशान मोहन राउतले भने- यो काम हाम्रै लागि हो । उनको करिब १० कठ्ठा खेत दशगजामा पर्छ रे उनले भने- तर पनि कानुन हामी सबैका लागि हो ।

दुवै देशका सुरक्षाकर्मी सीमा दशगजा क्षेत्रमा बिहानैदेखि नै देखापर्छन्, स्थानिय सुष्मा राईले खासै ख्याल गरिनन् । सुष्माले भनिन् समय-समयमा प्रहरी आइरहन्छन् , हामीलाई नराम्रो व्यवहार गरेका छैनन् ।

बेला-मौका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षाकर्मीले दुव्र्यवहार गरेका गुनासो आउने गरेका छन् । तर भारतीय कमाण्डार सुरेन्द्र सिंहले भने- हामी सदैव नेपाल-भारत दुवै देशका जनतालाई समान व्यवहार गर्दछौ र त्यो हाम्रो कर्तव्य पनि हो ।

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 1491 Views

ताजा समाचार