२०८१ बैशाख १५ शनिबार

नेपाल मगर संघ जिल्ला समितिको अध्यक्षमा विकास थापा मगर

मेचीनगर । नेपाल मगर संघ झापा जिल्ला कार्यसमितिको अध्यक्षमा विकास थापा मगर सर्वसम्मत चयान भएका छन् ।

नेपाल मगर संघको हालै सम्पन्न १३ औं अधिवेशनले विकास थापा मगरलाई अध्यक्ष चयन गर्दै ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा कर्ण क्याप्छाकी मगर, सचिवमा डम्बर थापा मगर, सहचिवमा एशिका पुलामी मगर, कोषाध्यक्षमा तुलसा क्याप्छाकी मगर रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा सरोज आलेमगर , श्रृजन समाल मगर, आर्यन सारु मगर, र सरिता खुलाल मगर रहेका छन् ।
निर्वाचन सफलपार्न नेपाल मगर संघका केन्द्रीय सदस्य हरिकुमार थापा मगरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल समेत गठन गरिएको थियो ।

प्रदेश-१ का कृषिमन्त्री झलक सिंह दर्लामीको प्रमुख अतिथ्यता तथा नेपाल मगर संघ जिल्ला समितिका अध्यक्ष जगत बहादुर राना मगरको सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाल मगर संघका केन्द्रीय सदस्य हरि कुमार थापा मगर, सुन्दर थापा मगर , अर्जनधार गाउँपालिकाका निर्वमान अध्यक्ष हरि कमार रानामगर, समाजसेवी ज्योतिसिंह दर्लामी लगायतले बोलेका थिए ।

२०७९ पुष १०, आईतवार प्रकाशित 1 Minute 435 Views

ताजा समाचार