२०८१ बैशाख १२ बुधबार

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा

 

एजेन्सी – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ । म्यानहटन ग्रान्ड ज्युरीले ट्रम्पविरूद्ध आपराधिक अभियोग लगाउने निर्णय गरेको हो । अमेरिकाका कुनै पनि बहालवाला वा पूर्वराष्ट्रपतिलाई आपराधिक अभियोगमा मुद्दा चल्न लागेको यो पहिलो पटक हो । पोर्न स्टार स्ट्रोमी ड्यानियल्सलाई आफूहरूको सम्बन्धबारे चुप रहन ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएको अभियोगमा ज्युरीले अनुसन्धान गरेको थियो ।

सन् २०२४ मा फेरि राष्ट्रपतिको उम्मेदवार बन्ने तयारीमा रहेका ट्रम्पलाई यो निर्णयले धक्का लाग्ने अनुमान गरिएको छ । ट्रम्प आउँदो मङ्गलवार अदालतमा उपस्थित हुने भएका छन । ट्रम्पले आत्मसमर्पण नगरे पक्राउ समेत पर्न सक्नेछन । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै ७६ वर्षीय ट्रम्पले आफू निर्दोष रहेको कुरा दोहो¥याएका छन ।

उनले अभियोगहरूलाई ‘राजनीतिक उत्पीडन र चुनावी हस्तक्षेप’ बताएका छन । ट्रम्पका छोरा एरिकले यो ’चुनावी वर्षमा राजनीतिक विपक्षीको अवसर हेरेर बनाइएको निशाना’ भनेका छन । ट्रम्पका उपराष्ट्रपतिका रूपमा काम गरेका माइक पेन्सले ग्र्याण्ड जुरीको कदमलाई एउटा काण्डको संज्ञा दिएका छन । यो कदमले देशलाई थप विभाजित पार्न सघाउने उनको प्रतिक्रिया छ । डेमोक्रेटकरुले ट्रम्पले राजनीतिक क्षेत्रमा नभइ अदालतमा आफ्नो रक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका छन ।।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 229 Views

ताजा समाचार