२०८१ बैशाख १५ शनिबार

विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा छोरी र आफन्तहरुका घर तथा व्यापारिक प्रतिष्ठानहरुमा छापा

भारतको प्रवर्तन निर्देशनालयले विहारका पूर्व मूख्मन्त्री लालुप्रसाद यादवका छोरा छोरी र आफन्तहरुका घर तथा व्यापारिक प्रतिष्ठानहरुमा छापा मारेको छ । लालु यादवका छोरा एवं विहारका वर्तमान उपमुख्यमन्त्री तेजश्वी यादव तथा उनका तीन जना दिदीबहिनी र केही आफन्तहरुको स्वामित्वमा भारतका विभिन्न शहरमा रहेका दुई दर्जन बढी घर तथा प्रतिष्ठानहरुमा निर्देशनालय छापा मारेको हो ।

यादव भारतको केन्द्रीय रेलमन्त्री हुँदा “कामको बदला जमिन” कार्यक्रम अन्तर्गत भएको भ्रष्टाचारको सीबीआइ र प्रतिस्ठानले खानतलासी गरेका हुन । सो क्रमा उनीहरुको नाममा विभिन्न स्थानमा घर, जग्गा, नगद र सुन–चाँदी गरी अर्बाैंको सम्पति फेला परेको छ ।

दिल्लीको न्यु फ्रेण्ड्स् कोलोनीमा तेजश्वी यादवको नाममा चार वटा घर फेला परेका छन् ।डेढ अर्ब भारतीय रुपैयाँ बढी मूल्य पर्ने ती घरहरुको खरिद मूल्य चाहीँ चार लाख मात्रै देखाइएको पाइएको छ । तेजश्वी यादवको घरबाट एक करोड नगद र डेढ किलो सुन पनि बरामद गरिएको छ ।प्रअहिलेसम्म करिब ६ अर्ब भारतीय रूपैयाँ बराबरको अवैध सम्पत्ति फेला परेको छ । त्यस मध्ये साढे तीन अर्ब जति अन्य व्यक्तिहरुको नाममा रहेको खुलेको छ ।

२०७९ फाल्गुन २८, आईतवार प्रकाशित 0 Minutes 236 Views

ताजा समाचार