२०८१ बैशाख ८ शनिबार

मृत अवस्थामा फेला परेका पदमलालको बुहारीद्वारा हत्या स्वीकार

शिवसताक्षी । शिवसताक्षी–१० टेक्रामा मृत अवस्थामा फेला परेका पदमलाल बाँस्तोलाको हत्या भएको खुल्न आएको छ । हत्या गरेको स्वीकार गर्ने नरमाया बाँस्तोलालाई प्रहरीले नियन्त्रणमा लिइसकेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेको नरमाया बाँस्तोला मृतकको बुहारी हुन् । बाँस्तोला कनकाई–४ स्थित इलुवाबारीमा भाईबुहारीको घर बस्दै आएका थिए । डिप्रेशनको विमारी उनी उपचारका लागि आसामबाट भाइबुहारीको घर आएका थिए । विरामी जेठाजुसहित बुहारी नरमाया काँस काट्न बुधबार कनकाई माई किनार गएका थिए । बेलुकी बुहारी एक्लै घर फर्किएकी थिइन् ।

सोही दिनदेखि परिवारले नै सम्पर्कविहीन भएको भन्दै खोजीकार्य सुरु गरेको थियो । खोजीकै क्रममा स्थानीयले टेक्रामा शव फेला परेपछि प्रहरीले बाँस्तोला परिवारलाई बोलाई शवको पहिचान गरेको थियो । प्रहरीले पक्राउ गरेको नरमायाले भने आफुलाई बलात्कार प्रयास गरेको वयान दिएकी छन् । तर, सोही परिवारले दुई दिनसम्म खोजी जारी राख्दा बुहारी नरमायाले घटनाबारे बताएकी थिइनन् ।

बाँस्तोलाको टाउको र अनुहारभरी चोटैचोट थियो । घटनास्थलमा प्रहरीले हसिया र कुटो समेत बरामत गरेको छ ।

२०७९ पुष ८, शुक्रबार प्रकाशित 0 Minutes 466 Views

ताजा समाचार