२०८१ बैशाख १४ शुक्रबार

बाल सुबोधिनी माविद्वारा सुस्मितालाई उत्कृष्ट आमा सम्मान

दुहागढी । मेचीनगर-१४ दुहागढीस्थित बाल सुबोधिनी माध्यमिक विद्यालयले वर्ष उत्कृष्ट आमाको रुपमा सुस्मिता राईलाई सम्मान गरेको छ ।

विद्यालयमा शुक्रबार आयोजित आमा भेलाकाबीच प्रमुख अतिथि प्रदेश सभा सदस्य सबिना बजगाईँ र बिशिष्ट अतिथि मेचीनगर-१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले संयुक्त रुपमा दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए । सोही कार्यक्रमका बिच प्रमुख अतिथि एवम् नव निर्वाचित प्रदेश सभा सदस्य सबिना बजगाईँलाईसमेत विद्यालयका तर्फबाट सफल कार्यकालको शुभकामनासहित सम्मान गरिएको थियो । भेलामा प्रधानाध्यापक विश्व थापाले विद्यालयका गतिविधिका बारेमा प्रकाश पारेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य मुनीलाल राजवंशीले स्वागत गरेको कार्यक्रममा विशिष्ट अतिथि सुब्बा र प्रमुख अतिथि बजगाईँले मन्तव्य राख्दै शैक्षिक गुणस्तर अभिवृद्धिमा आमाहरुको योगदानका बारेमा चर्चा गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष भेषराज सुबेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक पदमप्रसाद मिश्रले गरेका थिए ।

२०७९ पुष ८, शुक्रबार प्रकाशित 1 Minute 432 Views

ताजा समाचार