२०८१ बैशाख ७ शुक्रबार

चीनले नेपाललाई पर्यटकीय गन्तव्यमा समेट्यो

काठमाडौँ । चीनले नेपाललाई पर्यटकीय गन्तव्यका लागि खुला गरेको छ । चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयका अनुसार चीनको पर्यटकीय गन्तव्यको ४० देशको सूचीमा नेपाल पनि समेटिएको हो ।

यसअघि  श्रीलंका लगायत  देशलाई खुला गरेपनि चीनले नेपाललाई खुला गरेको थिएन । कोरोना महामारीका रुपमा चीनले यात्रामा प्रतिबन्ध लगाउँदै आएको थियो ।

चिनियाँ सञ्चारमाध्यम बेइजिङ डेलीले यो निर्णय आगामी मार्च १५ देखि लागू हुने जनाएकाे छ । ४० देशहरूको सूचीमा नेपालसहित ब्रुनाई, भियतनाम, मंगोलिया, इरान, जोर्डन, तान्जानिया, नामिबिया, मौरिसस, जिम्बाब्वे, युगान्डा, जाम्बिया, सेनेगल, काजाकिस्तान, उज्वेकिस्तान, जर्जिया, अजरबैजान, आर्मेनिया, सर्बिया, क्रोएसिया, फ्रान्स, ग्रीस, स्पेन रहेका छन् ।

यस्तै आइसल्याण्ड, अल्बानिया, इटाली, डेनमार्क, पोर्चुगल, स्लोभेनिया, भानुआटु, टोंगा, समोआ, चिले, बी. उरुग्वे, पानामा, डोमिनिका, एल साल्भाडोर, डोमिनिका, बहामास पनि यो सूचीमा छ ।

२०७९ फाल्गुन २६, शुक्रबार प्रकाशित 0 Minutes 305 Views

ताजा समाचार