२०७९ माघ १३ शुक्रबार

सरसफाइ कर्मचारीको दुर्घटनामा परी निधन, कनकाई नगरपालिकामा शुक्रवार शोक बिदा

कनकाई । कनकाई नगरपालिकाले शुक्रबार शोक बिदा दिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै आज शुक्रवार एक दिन शोक बिदा दिएको हो ।

नगरपालिकामा कार्यरत सफाइ कर्मचारी गणेश मल्लिकको गत बुधवार दुर्घटनामा परी निधन भएको थियो । दुर्घटनामा मल्लिकको असामयिक निधन भएपछि नगरपालिका र वडा कार्यालयहरू बिदा गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिए  ।

मल्लिक र सुनसरीको इटहरी घर भएका उनका भिनाजुको पनि भारतको सिलगुडीमा दुर्घटनामा परि गत बुधवार राति दुवै जनाको मृत्यु  भएको थियो। दुवै जनाको शव हिजो साँझ नै घर ल्याई  कनकाई माईमा अन्त्येष्टि गरिएको र उनका भिनाजुको इटहरी घरमा शव पठाइएको कनकाई नगर कृषि शाखाका प्रमुख तेज पौडेलले जानकारी दिए ।

२०७९ पुष ८, शुक्रबार प्रकाशित 0 Minutes 152 Views

ताजा समाचार