२०८१ बैशाख ८ शनिबार

‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबको बराबरी

 

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । ललितपुरको च्यासल रंशालामा मंगलबार भएको खेलमा फ्रेन्ड्स र थ्री स्टारले ३–३ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

बराबरीसंगै दुई खेलबाट १ अंक जोडेको फ्रेन्ड्स तालिकाको १० औं स्थानमा छ भने समान खेल खेलेको थ्री स्टार पनि १ अंकका साथ तालिकाको ११ औं स्थानमा छ । त्यस्तै मंगलबार नै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको अर्को खेलमा एफसी खुमलटारलाई ३–१ ले हराउँदै चर्च ब्वाइजले लगातार दोस्रो जित निकाल्यो । चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई र एरिक विष्टले एक गोल थपे ।

खुमलटारका मेसुके ओलुमोउले एक गोल फर्काए । जितसँगै २ खेलमा ६ अंक जोडेको चर्च ब्वाइज अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । २ खेलमा ३ अंक जोडेको खुमलटार तालिकाको पाचौ स्थानमा छन् । प्रतियोगीता अन्तर्गत बुधबार नेपाल पुलिस र हिमालयन शेर्पा , एपिएफ र सातदोवाटो तथा मनाङ र संकटाबीच प्रतिष्पर्धा हुनेछ ।

२०७९ फाल्गुन २३, मंगलवार प्रकाशित 1 Minute 318 Views

ताजा समाचार