२०८१ बैशाख ८ शनिबार

हराएका पदमलाल कनकाई नदी किनारमा मृत फेला

कनकाई । कनकाई नगरपालिका-४ स्थित इलुवाबारी निवासी अन्दाजी ५५ वर्षीय पदमलाल बास्तोला मृत फेला परेको छ ।

बास्तोलाको शव शिवसताक्षी-१० टेक्रास्थित कनकाई नदी किनारको काँसघारीमा बिहीबार दिउँसो ४ बजे शङ्कास्पद अवस्थामा फेला परेको हो।

इलाम देउमाई नगरपालिका घर भई हाल कनकाईस्थित इलुवाबारीमा भाइको घर बस्दै आएका बास्तोला बुधबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन बनेका थिए।

उनको टाउको र अनुहारमा धेरै चोट देखिएको छ। शवको प्रकृति हेर्दा हत्या भएको स्थानीयले आंशका गरेका छन्।

शिवसताक्षी –१० का वडाध्यक्ष हर्कबहादुर सिगुले भने, ‘टाउकोमा चोटैचोट छ, हातभरि रगत देखिन्छ, शव रगतमा मुछिएको जस्तो छ, हेर्दा आत्महत्या जस्तो देखिँदैन।’

यता घटनास्थलमा पुगेका प्रहरी टोलीले हत्या वा आत्महत्या अहिले नै केही भन्ने अवस्था नभएको जानकारी गराए।

यता शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी रुगम बहादुर कुँवरले जानकारी दिए।

 

२०७९ पुष ७, बिहीबार प्रकाशित 1 Minute 439 Views

ताजा समाचार