२०८१ बैशाख ४ मंगलवार

पार्टीलाई व्यवधानमुक्त राख्ने काममा लाग्छु : सभापति देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधानमुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि बुधबार बिहान सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले पार्टीलाई व्यवधानमुक्त राख्ने बताएका हुन् ।

सभापति देउवाले आफूलाई नेपाली कांग्रेस संसदीय दलको नेताका रुपमा विजयी गराएकोमा सांसदहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, ‘सबैले मलाई विजयी गराउन मद्दत गर्नुभयो, हार्दिक धन्यवाद छ । यो पार्टीलाई राम्रो रुपमा अघि बढाएर आगामी दिनमा पार्टीलाई व्यवधानमुक्त राख्नेछु ।’

कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्दा सभापति देउवाले ६४ मत ल्याएर विजयी बनेका छन् ।

 

२०७९ पुष ६, बुधबार प्रकाशित 1 Minute 399 Views

ताजा समाचार