२०८१ चैत्र १२ मंगलवार

कांग्रेस संसदीय दलको निर्वाचन सकियो, सुत्केरी सांसदलाई मतदान गराउन अस्पतालमै पुगे प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचन सकिएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बिहान भएको मतदानमा कांग्रेसका सबै सांसदले मतदान गरेका हुन् ।

कांग्रेसका एक सांसद सुत्केरी भएकाले उनको मतपत्र शिलबन्दी गरेर ल्याइएको छ। सांसद माया राई सुत्केरी भएका कारण संसदीय दलको कार्यालय सिंहदरबारमा उपस्थित हुन नसकेपछि निर्वाचन समितिका प्रतिनिधिले ओम अस्पतालमा पुगेर मतदान गराएका थिए।

निर्धारित समयभन्दा ढिला गरी मतदान सुरु भएको थियो। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएका छन्। देउवाका प्रस्तावक नेता रामचन्द्र पौडेल र थापाका प्रस्तावक अर्का नेता डा. शेखर कोइराला छन्।

देउवाका समर्थक उपसभापति पूर्णबहादुर खड्का र थापाका समर्थक उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्। दलका नेता चुनिन ४५ मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसका सांसद ८९ जना छन्।

 

२०७९ पुष ६, बुधबार प्रकाशित 1 Minute 587 Views

ताजा समाचार