२०८२ बैशाख २६ शुक्रबार

लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान लागू हुदै

राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान लागू गर्ने भएको छ । आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको अन्र्तक्रियामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले एउटै व्यक्तिले धेरै लघुवित्तवाट ऋण लिएर समस्यामा परेकोले निर्देशिकामार्फत कडाइ गर्ने तयारी भएको जानकारी दिएका हुन । निर्देशक नेपालले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गरे ।

निर्देशक नेपालले लघुवित्तले ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम बन्द गर्नुपर्ने उल्लेख गरे । लघुवित्त एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको गुनासो गरे ।

अध्यक्ष पोखरेलले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने उल्लेख गरे । संघ लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको उनको भनाइ थियो ।

 

२०७९ फाल्गुन ९, मंगलवार प्रकाशित 1 Minute 450 Views

ताजा समाचार