२०८१ बैशाख १२ बुधबार

यस्तो देखियो लुम्बिनी प्रदेश सरकार स्थापना दिवस (फोटो फिचर)

दाङ–लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । राप्ती गाउँपालिका वडा नं। ३ सिरिचौरमा औपचारीक समारोहको आयोजना गरेर सरकारले स्थापना दिवस मनाएको हो । २०७४ साल फागुन ३ गते पहिलो पटक प्रदेशमा सरकार गठन भएको थियो ।

प्रदेश सरकार स्थापना भएको दिनलाई सरकारले स्थापना दिवसको रुपमा मनाउदै आएको हो । प्रदेश सरकारले स्थापना दिवसमा प्रदेश पदकबाट महत्वपूर्ण योग्दान पु¥याउने व्यक्तिलाई प्रदान गरेको छ भने विभिन्न समुदायको झाँकी सहितको कला संस्कृती प्रस्तुत गरेर दिवस मनाइएको छ । मुख्यमन्त्री लिला गिरीको अध्यक्षता तथा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले जनताको नजिकको सरकारका रुपमा रहेको प्रदेश सरकार जनआकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए । संविधानले तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको उल्लेख गर्दै संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको धारणा राखेका छन् ।

अवको पाँच बर्ष जनताको जीवनमा परिवर्तन ल्याउनेगरी काम गर्छौं’उनले भने,‘यसका लागी सरकार प्रतिबद्धत छ ।’प्रदेश सरकार स्थापना दिवसको अवसरमा सामाजिक सेवा बाफत बिमल रिजाल,स्वास्थ्य सेवाबाट डाक्टर किसोर खत्रि लगायत विभिन्न ६१ जनालाई विभूषित गरिएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा विभिन्न समुदायको कला संस्कृती झल्कने झाँकी प्रदर्शन गरिएको छ । पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई नगद २५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको छ ।

२०७९ फाल्गुन ३, बुधबार प्रकाशित 0 Minutes 483 Views

ताजा समाचार