२०८१ बैशाख ४ मंगलवार

भारतको आयकर विभागद्वारा बीबीसीको भारतस्थित दुई कार्यालयमा छापा

भारतको आयकर विभागले बीबीसीको भारतस्थित दुई कार्यालयमा छापा मारेको छ । बेलायतमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डकुमेन्टीप्रसारण गरेको केही सातापछि नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो । सो डकुमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो । त्यतिबेला मोदी गुजरातका मुख्यमन्त्री थिए ।

एउटा अनुसन्धानका सिलसिलामा खानतलासी गरिएको विभागले जनाएको छ । बीबीसीले छानविनमा पूर्ण सहयोग गरिरहेको दाबी गरेको छ । विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले छापालाई ‘हता मनस्थितिको संज्ञा दिएका छन । सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठनको सङ्ज्ञा दिएका छन ।

उनले बीबीसीका कार्यालयहरूमा गरिएको खानतलासीको कार्य कानुनसम्मत रहेको तर्क गर्दै त्यस्तो कारबाहीको समयसँग सरकारको सम्बन्ध नरहेको दाबी समेत गरेका छन । सम्पादकहरूको समूह ’एडिटर्स गिल्ड अफ इन्डिया’ले आफू खानतलासीको उक्त घटनाबाट गम्भीर रूपमा चिन्तित भएको बताएको छ ।

२०७९ फाल्गुन २, मंगलवार प्रकाशित 0 Minutes 237 Views

ताजा समाचार