२०८१ बैशाख १४ शुक्रबार

भूकम्प गएको १ सय ३२ घण्टापछि सात वर्षकी बालिकाको जीवितै उद्धार

टर्की भूकम्प गएको १ सय ३२ घण्टापछि एक जना सात वर्षकी बालिकाको जीवितै उद्धार भएको छ । हाताय प्रान्तको भग्नावशेषबाट ती बालिकालाई निकालिएको हो । अत्यधिक चिसोका कारण मानिसहरु जीवित भेटिने आशा सकिँदै जाँदा केही चमत्कारिक उद्धार भइरहेको छ । भूकम्प गएको एक सय घण्टापछि जीवितै उद्धार हुनेको सख्या कम्तीमा १० जना पुगेको छ ।

यसैबीच सोमवार टर्कीमा गएको भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । टर्कीमा २४ हजार ६ सय १७ र सिरियामा ३ हजार ५ सय ७५ जना गरी २८ हजार १ सय ९२ जनाको मृत्यु भएको छ । ूकम्प प्रभावित टर्कीमा सेनाले लुटपाटको आरोपमा कम्तीमा ५० जनालाई पक्राउ गरेको छ भने केही बन्दुक बरामद गरेको छ । सोही स्थानमा नचिनेका समूहबीच झडप हुँदा उद्धार कार्य प्रभावित भएको थियो ।

मानवीय सहायता परिचालनमा समन्वय गरिरहेका संयुक्त राष्ट्रसङ्घका अधिकारीले करिब ५३ लाख सिरियाली घरबारविहीन भएका अनुमान गरेको छ । टर्की र सिरियाका नौ लाख भूकम्पपीडितलाई तातो खाना तत्काल आवश्यक भएको बताएका छन् ।टर्कीले विद्रोही नियन्त्रणमा रहेको सिरियाका केही भागमा आफ्नो भूमिबाट दुईतर्फी बाटो खोल्ने प्रयास भइरहेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख सिरियाको एलोप्पो पुगेर सिरियाली स्वास्थ्यमन्त्रीका साथ त्यहाँका अस्पतालको निरीक्षण गरेका छन् ।

 

२०७९ माघ २९, आईतवार प्रकाशित 1 Minute 253 Views

ताजा समाचार