२०८१ बैशाख ११ मंगलवार

फ्रान्समा हजारौं मानिसद्वारा सरकारले गरेको पेन्सन सुधार योजनाको विरोधमा प्रदर्शन

 

फ्रान्समा हजारौं मानिसले सरकारको पेन्सन सुधार योजनाको विरोधमा प्रदर्शन गरेका छन् । फ्रान्सेली सरकारले सेवानिवृत्तिको उमेर ६२ बाट ६४ मा बढाउने गरी पेन्सन सुधार योजना अगाडि बढाउन लागेकोमा विरोध भएको हो । सडक प्रदर्शनमा अघिल्लो पटकको प्रदर्शनभन्दा २० प्रतिशत मानिस बढेका छन ।

त्यहाँका श्रमिक संगठनहरूले सरकारले आफ्नो माग पूरा नगरे ७ मार्चदेखि फ्रान्समा जनजीवन प्रभावित हुनेगरी हड्ताल गर्ने चेतावनी दिएका छन् । सेवानिवृत्तिभरण कोषको बोझ कम गर्ने सरकारी योजनाको विरोधमा त्यहाँका श्रम संगठनहरूले सरकारलाई दबाब दिन जनता सडकमा उत्रने अनुमान छ ।

पेन्सन सुधार कार्यक्रमबारे त्यहाँ राजनीतिक दलहरूबीच पनि गहिरो मतभेद छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भने पेन्सन प्रणालीको निरन्तरता चाहने हो भने यसमा सुधार आवश्यक रहेकोमा जोड दिँदै आएका छन् ।

२०७९ माघ २९, आईतवार प्रकाशित 1 Minute 387 Views

ताजा समाचार