२०८० आश्विन १४ आईतवार

मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ

अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ । आज ललितपुरको सातदोवाटोमा राखेप सदस्य सचिव टंकलाल घिसिङ, एन्फा महासचिव किरण राई लगाएतले राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेका हुन् । विदाई कार्यक्रममा मुख्य प्रशिक्षक अनन्तराज थापाले मैत्रीपूर्ण खेलको तयारी राम्रो भएको र दुई हप्तादेखि प्रशिक्षण गरिरहेको जानकारी दिए । उनले छोटो समयको प्रशिक्षण भएपनि नजिता नेपालको पक्षमा आउने विश्वास व्यक्त गरे ।

त्यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले नेपाली टिमको मनोवल उच्च रहेको र सवैले राम्रो प्रदर्शन गर्ने बताइन । बलियो भारतीय टिमसँग राम्रो परिणाम निकाल्ने उनको दाबी छ ।

नेपाली टोली सोमबार भारत प्रस्थान गर्नेछन् ।नेपाली टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा मैत्रीपूर्ण खेल खेल्नेछ । टोलीको गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ रहेकी छिन् । त्यस्तै डिफेन्डरमा हिरा कुमारी भुजेल, घिमकुमारी गुरुङ, अमृता जैशी, गीता राना, निशा थोकर, विमला विक, समीक्षा घिमिरे समावेश छिन् भने मिडफिल्डरमा विमला चौधरी, सविता राना मगर, सरु लिम्बु, दीपा शाही, रेणुका नगरकोटी, अनिता बस्नेत, प्रिती राई, अनिता केसी रहेका छन् । फरवार्ड अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक रहेकी छिन् ।

२०७९ माघ २९, आईतवार प्रकाशित 0 Minutes 178 Views