२०८१ बैशाख १४ शुक्रबार

खोटाङमा कम्पोस्ट प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्र उपयोग विहिन

 

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा सञ्चालित कम्पोस्ट प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्र उपयोग विहिन भएको छ । पूर्ण अर्गानिक नगरपालिका बनाउने उद्देश्य सहित कम्पोष्ट प्लाण्टको निमार्ण गरि सञ्चालनमा ल्याएको थियो, तर वर्तमान जनप्रतिनिधिले राजनीतिक प्रतिशोधको आधारले कम्पोस्ट प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्रलाई हेर्दा उपयोग विहिन भएको हो ।

नेकपा एमालेबाट निर्वाचित तत्कालीन मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईको नेतृत्वको सरकारले अर्गानिक नगर बनाउने उद्देश्यले कम्पोस्ट प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्र निमार्ण गरि २०७७ चैत २१ गते सञ्चालनमा ल्याइएको हो ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट मेयरमा तिर्थराज भट्टराई र माओबादी केन्द्रबाट उपमेयर बिसन राई निर्वाचित हुनु भएको थियो । अघिल्लो सरकारले निमार्ण गरेको योजनालाई राजनितिक प्रतिशोधको आधारले हेर्दा करिब करोड रुपैयाँ लगानी गरि निमार्ण गरिएको कम्पोस्ट प्लाण्ट तथा नमुना कृषि स्रोत केन्द्र लथालिङ्ग अवस्था पुगेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रवाक्ता दिनेश कुमार घिमिरे भन्नुहुन्छ “कम्पोस्ट प्लाण्ट संचालन गर्न नसकेको गल्ती स्वकार गर्नुहुन्छ ’ । कम्पोस्ट प्लाण्ट सञ्चालन गर्न नगरपालिकाले कार्यबिधी बनाउन समिति गठन गरेको छ । समितिले कार्यबिधी निमार्ण गरि नगरपालिकालाई हस्तातरण गरे पश्चात् टेन्डर मार्फत निजी क्षेत्रलाई कम्पोस्ट प्लाण्ट र नमुना कृति स्रोत केन्द जिम्मा दिएर संचालनमा ल्याउने तयारी नगरपालिकाले गरेको उहाँले जनाकारी दिनुभयो ।

नगरपाकिकाले कम्पोस्ट प्लाण्ट सञ्चालनमा आएपछि प्रांगारिक मल पाउनेमा हामी आशावादी थियौ तर त्यो आशा निराशामा परिणत भएको कृषकहरु बताउँछन् । राज्यको करोडौं रुपैयाँ लगानी गरी कम्पोस्ट प्लाण्ट सञ्चाल आयो तर वर्तमान जनप्रतिनीधीहरुले त्यसलाई बेवास्था गरि बन्द गरिदाँ मल आइएन । महँगो मूल्यमा बाहिरबाट मल खरिद गरि ल्याउनुपर्दा कृषकहरु मार परेको उनिहरुको भनाईछ ।

अर्गानिक नगर बनाउने अभियानलाई सफल पार्नका लागि नगरपालिकाले अर्थ मन्त्रालयको विशेष अनुदान तथा प्रदेश सरकारको गरी करिब २ करोड ७० लाख रुपैयाँमा निर्माण गरिएको दिक्तेल कम्पोष्ट प्लान्ट तथा नमूना कृषि श्रोत केन्द्र तत्कालीन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका गर्नुभएको थियो ।

नेपाल सरकारको विशेष अनुदान स्वरुप प्राप्त भएको ३ करोड ३२ लाखमध्ये कम्पोष्ट मल र वायोग्याँस प्लान्ट निर्माणमा १ करोड ८५ लाख खर्च भएको छ । अन्य रकम दुई वटा ट्याक्टर खरिद, दिक्तेलबजारमा डस्विन राख्न तथा डम्पिङसाईट पुग्ने सडक मर्मतमा खर्च गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, कम्पोष्ट मल र वायोग्याँस प्लान्टको काममा प्रदेश सरकारको सशर्त अनुदान ५० लाख र नगरपालिकाको आन्तरिक श्रोतबाट ३५ लाख खर्च भएको छ ।

कम्पोष्ट मल र बायोग्याँस प्लान्ट आसपासमा मल परिक्षणका लागि हाइटेक टनेल, सिँचाई पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएको छ । सोही ठाउँमा कृषि तथा पशु प्रयोगशाला पनि स्थापना त्यो सबै उपयोग बिहिन बनेको छ ।नगरपालिकामा जनप्रतिनीधी निर्वाचित भएर आएको १० महिना सम्मपनि कम्पोस्ट प्लाण्ट र नमुना कृति स्रोत केन्द्रलाई योजना बनाएर सञ्चालन नगर्दा राज्यको करौडौं रुपैयाँ बालुवा पानी हाले झै बनेको छ ।

 

२०७९ माघ २७, शुक्रबार प्रकाशित 1 Minute 582 Views

ताजा समाचार