२०८२ असार ७ शनिबार

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

काठमाडौँ, ७ असार ः नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।

राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर केहि घटेर एकको खरिददर १३८ रूपैयाँ २४ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहनेछ । युरो हिजोको भन्दा केहि बढेको हो । शुक्रबार युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम भएको थियो ।

आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रूपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रूपैयाँ ८० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ६४ पैसा र बिक्रीदर ९० रूपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ८६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रूपैयाँ ५८ पैसा र बिक्रीदर १०८ रूपैयाँ ०५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रूपैयाँ ५० पैसा र बिक्रीदर नौ रूपैयाँ ५४ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २५ पैसा र बिक्रीदर १९ रूपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रूपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०९ कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ २२ पैसा र बिक्रीदर चार रूपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३२ रूपैयाँ ६५ पैसामा विनिमय हुनेछ ।

साउथ कोरियन वन १०० को खरिददर १० रूपैयाँ १० पैसा र बिक्रीदर १० रूपैयाँ १५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ ३२ पैसा र बिक्रीदर १४ रूपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रूपैयाँ ३४ पैसा र बिक्रीदर २१ रूपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यस्तै, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६१ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४५१ रूपैयाँ ४० पैसा र बिक्रीदर ४५३ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३६६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रूपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६० रूपैयाँ ६० पैसा रहेको छ ।भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ ।

रेडियो नेपाल अनलाइनबाट ।

२०८२ असार ७, शनिबार प्रकाशित 0 Minutes 10 Views

ताजा समाचार