२०८२ असार ६ शुक्रबार

काँकरभिट्टामा लागु औषध सम्बन्धि कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको काँकरभिट्टामा लागु औषध सम्बन्धि अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । लागु औषध दुरुपयोग एवम ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा सम्पन्न सो कार्यक्रममा लागु औषध सम्बन्धि अन्तरकृया तथा छलफलमा सहभागिहरुको सुझावलाई समेत प्रस्तुत गरिएको थियो ।
सो कार्यक्रममा नेपालमा लागु औषधको अवस्थाका बारेमा जानकारी सहित झापा जिल्लामा यसको प्रभाव र अवस्थाका बारेमा समेत जानकारी गराईएको थियो । कार्यक्रममा प्रहरी प्रशासन,जनप्रतिनिधि,नेपाली सेना,शिक्षक,बिध्यार्थी,कर्मचारी, व्यवसायी,जनप्रतिनिधि,सामाजिक अगुवा ,स्वास्थ्यकर्मी र संचारकर्मीहरुको समेत सहभागिता रहेको थियो । काँकरभिट्टा खानेपानीको सभाहलमा सम्पन्न सो कार्यक्रम झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।

२०८२ असार ६, शुक्रबार प्रकाशित 0 Minutes 16 Views

ताजा समाचार