२०८२ बैशाख ३० मंगलवार

कोहलीद्वारा टेस्ट क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं- भारतका ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षिय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट लेख्दै टेस्टबाट सन्यासको घोषणा गरेका हुन् ।

टेस्ट क्रिकेटमा १२३ खेल खेलेका उनले ९ हजार २३० रन बनाएका छन् । जसमा ३० शतक बनाउदा सर्वाधिक रन अविजित २५४ हो ।

६८ टेस्टमा टोलीको नेतृत्व गरेका उनी भारतका सबैभन्दा सफल टेस्ट कप्तानहरूमध्ये एक हुन् । यससअघि कोहलीले भारतले सन् २०२४ को विश्वकप जितेपछि टि-२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।

उनले केही दिन अघिनै भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ) लाई आफ्नो निर्णयबारे जानकारी गराइसकेका थिए । बीसीसीआइले भने उनलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो ।

यसअघि अर्का स्टार ब्याटर रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका थिए ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख ३०, मंगलवार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार