
झापा—खेलकुद र सेवामा योगदान, प्रत्येक पाइलामा भेट्रानलाई सम्मानू नारा सहित समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिनको अवसरमा भेटान म्याराथन रोड रेस हुने भएको छ। आयोजक काँकडभिट्टा भेट्रान फुटबल क्लबले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । यही बैशाख १ गते बिहान ७ बजे काँकडभिट्टा खेलमैदानबाट कार्यक्रम शुरु हुने र कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एव् प्रमुख सचेतक माननीय गोपाल तामाङले गर्ने छन्। सहभागीहरू मध्ये प्रथमले रु ३० हजार दोस्रोले २० हजार, तेस्रोले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । तेसै गरि सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गर्नेछन् । पुरस्कार सहित सम्पूर्ण व्यवस्थापनमा लाग्ने रकम प्रायोजन समाजसेवी विमला तामाङले गर्नै सजित तामाङले बताए। रोड रेश प्रतियोगितामा ४० वर्ष भन्दा माथीकाले सहभागी हुन पाउँने छन्। सहभागीले दौडमा हुने कुनै पनि जोखिमको प्राथमिक उपचार बाहेक स्वयं बेहोर्नु पर्ने छ। दौड सतिघट्टा देखि काँकडभिट्टा खेलमैदान सम्म करिव ४ किलोमिटर रहने छ । सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको तामाङ परिवारले बिगत कोरोना काल संगै बिपन्न परिवारको स्वास्थ तथा अन्य समस्यामा समेत निरन्तर योगदान पुर्याउदै आएको छ ।
