२०८१ बैशाख १३ बिहीबार

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्ड स्पोर्ट्स क्लब

 

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यु डायमण्ड स्पोर्ट्स क्लबले जितेको छ । आजत्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३–२ को सेटमा हराउँदै न्यु डायमण्ड च्याम्पियन बनेको हो । पहिलो पटक च्याम्पियन बन्ने क्रममा न्यु डायमण्डले एपीएफलाई २८–२६, १९–२५, २५–२२,२५–१९,२४–२६ र १५–९ ले हराएको हो ।

उपाधिसँगै न्यु डायमण्डले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता एपीएफले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रो बनेको पुलिसले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । मंगलबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गरेको हो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 350 Views

ताजा समाचार