२०८१ बैशाख ११ मंगलवार

शेरबहादुर देउवा विरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता

 

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवालाई विपक्षी दलको नेताको सुविधा नदिन माग सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । यसअघिको दरपीटको आदेश बदर गरी सर्वाेच्च अदालतले रिट दर्ता गरेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले दरपीठको आदेश बदर गरी सो रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् । सो आदेशसँग रिट दर्ता भएको छ ।

उक्त रिटमा पेसी बुधबारका लागि तोकिएको छ । अधिवक्ता विमलप्रसाद पोखरेलले देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गर्दै संघीय संसद सचिवालयविरुद्ध रिट दर्ता गरेका छन । सरकारलाई समर्थन गर्न दल विपक्षी हुन नसक्ने जिकीरसहित रिटमा देउवालाई विपक्षी दलको नेताको सुविधा उपलब्ध नगराउन माग गरेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभामा कांग्रेसले विश्वासको मत दिएको थियो ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 201 Views

ताजा समाचार