२०८१ माघ २७ आईतवार

अमेरिकामा भूपेन्द्रलाई २ स्वर्ण

काठमाडौं ।

नेपालका भूपेन्द्र गुरुङले ब्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्ण जितेका छन्। अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले दुई फरक स्पर्धा कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जितेका हुन्।

प्रतियोगितामा नेपाल, क्यानाडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बंगलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कुलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ। भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहेका छन्।

गत नोभेम्बरयता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। यसअघि भूपेन्द्रले १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए। छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए।न्युज अफ नेपाल

२०८१ माघ २२, मंगलवार प्रकाशित 0 Minutes 9 Views

ताजा समाचार