२०८२ असार २४ मंगलवार

म्युजिक भिडियोबाट सुधांशुको पुनरागमन

काठमाडौं ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका अभिनेता तथा फिल्म निर्माता सुधांशु जोशी लामो समयको अन्तरालपछि म्युजिक भिडियोमा देखिएका छन्।

अभिनेता जोशी गायक प्रनिस राईको स्वर तथा शब्द रचनामा सार्वजनिक ल्याम्बोर्गीनी बोलको र्‍याप शैलीको गीतको भिडियोमा देखिएका हुन्। यो गीत भिडियोसहित हालै सार्वजनिक भएको हो।

गीतमाथि त्रिकोणात्मक प्रेम कहानी र प्रतिशोधमा आधारित म्युजिक भिडियो समेत निर्माण गरिएको छ। विकास बराईलीको निर्देशन र सम्पादन रहेको सो म्युजिक भिडियोमा अभिनेता सुधांशु जोशीका साथमा गायक प्रनिस र सरिता थगुन्नाको अभिनय रहेको छ।

म्युजिक भिडियोको रहस्यमयी शुरूवातले दर्शकमा गीत र भिडियोको कथामाथि चाख जगाउँछ भने अन्त्यसम्म दर्शकलाई बाँधि रहन्छ। त्यस्तै कथा र पात्र सुहाउँदो विभिन्न दृश्य तथा स्थानले म्युजिक भिडियोलाई थप रोचकता प्रदान गरेको छ। भिडियो अमेरिकामै छायांकन गरिएको छ। आशिष राई युट्युब च्यानलमार्फत सार्वजनिक सो म्युजिक भिडियो प्याट्रिक डीनको छायांकन रहेको छ।न्युज अफ नेपाल

२०८१ पुष २९, सोमबार प्रकाशित 0 Minutes 87 Views

ताजा समाचार