२०८१ मंसिर २८ शुक्रबार

सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घट्यो

काठमाडौँ — सुनको मूल्य प्रतितोला २२ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा २२ सय रूपैयाँले घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ६२ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । आज घटेर प्रतितोला १ लाख ६० हजार रूपैयाँमा सुन कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रूपैयाँले घटेको छ । बुधबार १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भएकोमा आज १ हजार ९ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

२०८१ कार्तिक २९, बिहीबार प्रकाशित 0 Minutes 82 Views

ताजा समाचार