२०८१ मंसिर २९ शनिबार

झापामा राजवंशी काली मन्दिरभित्र मृत भेटिए

झापा गाउँपालिका- २ स्थित काली मन्दिरभित्र एक जना व्यक्ति मृत फेला परेका छन् । झापा बजार उत्तर चिया बगानको काली मन्दिरभित्र अन्दाजी ५३ वर्षका जङ्गबहादुर राजवंशी मृत फेला परेका हुन् । चिया बगानमा काम गर्ने चौकीदार विनोद मण्डलले बिहान पूजा गर्न काली मन्दिरमा आउँदा राजवंशीलाई मृत फेला पारेका थिए । त्यसपछि उनले इलाका प्रहरी कार्यालय कुमरखोदमा जानकारी गराएका थिए ।

वडा अध्यक्ष हिमालकुमार चम्लागाईले मृत फेला परेका राजवंशीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् । उनले गाउँघरमा मागेर आफ्नो गुजारा गर्दै आएका थिए । वडा अध्यक्ष चम्लागाईका अनुसार मृतकको झापा गाउँपालिका वडा नं २ बालुवाटारमा १ कट्ठा जग्गा रहेको छ । स्थायी ठेगाना बाह्रदशी गाउँपालिका वडा नं २ रहेका राजवंशीको श्रीमती,३ तीन छोरा र दुईजना छोरी रहेको आफन्तले जानकारी दिएका छन् ।

२०८१ कार्तिक २१, बुधबार प्रकाशित 1 Minute 143 Views

ताजा समाचार