२०८३ असार १७ बुधबार

झापामा खोलाले बगाउँदा बेपत्ता भएका चौधरी तीन दिनपछि मृत भेटिए

झापा । माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका झापा कमल गाउँपालिका–१ का मुसे भनिने ३५ वर्षीय टिकाराम चौधरी मृत भेटिएका छन् । उनको शव तीन दिनपछि घटनास्थलदेखि करिब ३ किलोमिटर दक्षिण सोही खोलाको बगरमा बालुवाले पुरिएको अवस्थामा फेला परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरी टोली र स्थानीयबासीले खोजतलास गर्नेक्रममा सोमबार बिहान साढे ८ बजे उनको शव फेला परेको थियो । शुक्रबार साँझ ७ बजे कमल– १ स्थित कृष्णे खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर उनी बेपत्ता भएका थिए । झापामा बेपत्ता भएका तीनै जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ ।

जमुना खोलाले बगाएको दुई दिनपछि कचनकवल गाउँपालिकाकी १५ वर्षीया बालिका नेहारिका राजवंशी आइतबार मृत भेटिएकी थिइन् भने गौरीगञ्ज गाउँपालिका २ बगहाचौधरीस्थित किस्ने खोलाको पुलबाट हाम फालेका केमालाल ताजुरियाको शव शनिबार साँझ भेटिएको थियो ।

२०८१ आश्विन १४, सोमबार प्रकाशित 0 Minutes 328 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।