२०८१ आश्विन १९ शनिबार

झापाको कनकाई, मेची, विरिङ नदीमा आकस्मिक बाढी आउन सक्ने, सतर्कता अपनाउन आग्रह

झापा । झापाको कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा झापाको गौरादह, चन्द्रगढी, केचना, अनारमनि र इलामको कनकाई मैनाचुली क्षेत्रको वर्षामान गरिएकोले कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने जानकारी गराएको हो ।

नदी आसपास तथा होचो भूभागहरू डुबानको जोखिमका रहेको उच्च सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ । केचनामा १७९.८, गौरादहमा १६२.२, चन्द्रगढी एयरपोर्टमा १४४.२ र अनारमनी बिर्तामोडमा ११६.६ मिमि बर्षा भएको हो । त्यस्तै इलामको बर्षामापन केन्द्रहरुमा पनि बर्षा क्रमिक बढ्दै गएको देखिएको छ । कन्काई नदीमा जलस्तर २. ८ मिटर पुगेकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ ।

यता झापामा अहिलेसम्म वर्षाले कहीँ कतै क्षति नपुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । लगातारको वर्षाका कारण जोखिम क्षेत्रहरूको  पहिचान गरी सुरक्षाकर्मी हाइ अलर्टमा राखिएको डीएसपी चन्दले बताए ।

२०८१ आश्विन ११, शुक्रबार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार