२०८२ बैशाख २८ आईतवार

क्याम्पस प्रमुखविरूद्व उर्लाबारी क्याम्पसका विद्यार्थी आन्दोलित

उर्लाबारी । चरित्रहीन आचरणको आरोप लागेका उर्लाबारी बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा खेमराज कार्कीलाई पुनः ल्याएपछि विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

शनिबार बिहानदेखि आन्दोलित बनेको अनेरास्ववियु उर्लाबारी क्याम्पस कमिटीको नेतृत्वमा कार्कीलाई क्याम्पस प्रमुख पदमा राख्न नहुने भन्दै विद्यार्थीहरूको समूहले उनको कार्यकक्षमा तालाबन्दीसम्म गरेको छ ।

विद्यार्थीले क्याम्पस प्रमुख कार्कीको कार्यकक्षमा तालाबन्दी गर्दै उनको नेम प्लेट समेत जलाएका छन् । अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष गौतमबुद्ध तामाङले संचालक समितिले शनिबारको निर्णय नसच्याएसम्म आन्दोलन जारी जारी रहने बताए ।

यस्तै उनले सो निर्णय नसच्याएसम्म दैनिक चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्दै प्रदर्शन गरिने बताए । उनले क्याम्पस प्रमुख पदमा नैतिक रुपले पतन भैसकेको मान्छेलाई नियुक्त गर्न नहुने बताउँदै विद्यार्थीहरुको भावनाअनुरुप नयाँ क्याम्पस प्रमुख नियुक्त गरिनुपर्ने माग अघि सारेका छन्।

क्याम्पस प्रमुखमा कार्कीको पुनर्बहालीको विरोध गर्दै अनेरास्ववियु, अखिल क्रान्तिकारी , राष्ट्रिय युवा संघ नेपाल र नेकपा एमाले उर्लाबारीले शनिबार प्रेस विज्ञप्ति जारी गरेका थिए ।

यता विद्यार्थीहरुले आन्दोलन गरी तालाबन्दी गर्ने सुईको पाएपछि क्याम्पस प्रमुख कार्की बिहान क्याम्पसमा अनुपस्थित भएको क्याम्पस स्रोतले जनाएको छ ।

२०८१ आश्विन ७, सोमबार प्रकाशित 0 Minutes 134 Views

ताजा समाचार