२०८१ मंसिर २५ मंगलवार

दुर्गा प्रसाईँलाई जारी गरेको पक्राउ पुर्जीविरुद्ध विरोध प्रदर्शन

बीएण्डसी हस्पिटलका सञ्चालक दुर्गा प्रसाईँलाई पक्राउ पुर्जी जारी गरिएकोमा त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन थालिएको छ ।यसक्रममा आज दिउँसो उनका समर्थक रुले झापाको दमकमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै सर्लाहीको लालबन्दीमा पनि सयौँ समर्थक रुले प्रदर्शन गरिरहेका छन् । प्रसाईँ नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले प्रसाईँविरुद्धको पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरेको छ ।

सरकारले तत्काल फिर्ता नलिए आन्दोलन गर्ने सो संगठनले चेतावनीसमेत दिएको छ । अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँ , प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेमाथि कपोकल्पित र झुटो मुद्दा दायर गर्दै पक्राउ पुर्जी जारी गरी राज्यले दमनकारी नीति अपनाएको ठहर गरिएको छ । सो नीति सरकारले तत्काल फिर्ता नलिए आज देशैभर विरोध सभा, राँके जुलुस, विरोध प्रदर्शन गर्ने र भोलिबाट देशैभर चक्काजाम , विरोध सभा, धर्ना लगायतका कार्यक्रम अघि बढाउने विज्ञप्तिमार्फत अभियानले चेतावनी दिएको छ ।

विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घनको आरोपमा दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । काठमाडौँ जिल्ला अदालतले प्रसाईँ, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लङ्घन गरेको आरोपमा प्रहरीले पक्राउका लागि अनुमति माग गरेअनुसार न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पुर्जी जारी गरेको जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए । प्रसाईँलाई अहिलेसम्म प्रहरीले पक्राउ गरिसकेको छैन । उनी भक्तपुरस्थित आफ्नै निवासमा छन् । प्रधानमन्त्री केपी ओलीले आफ्नो आन्दोलन सिद्ध्याउन सो षडयन्त्र गरेको उनले आरोप लगाएका छन् ।

२०८१ आश्विन ३, बिहीबार प्रकाशित 0 Minutes 162 Views

ताजा समाचार